काठमाडौँ, २५ भदौ २०८३ । मन्त्रीपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो मन्त्रीपरिषद्को बैठक बोलाउनुभएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनाका कामलाई निरन्तरता दिँदै आएको छ ।
बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई थप प्रभावकारी बनाउने र आवश्यक निर्णय गर्ने उद्देश्यले बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।






