Online Bichar
बुधबार, भाद्र १७, २०८३ | Wednesday, September 2, 2026

नवलपुर, १६ भदौ २०८३ । रसुवा बाढीमा परी नारायणी नदीले बगाएर लगेका शव भारतका विभिन्न स्थानमा भेटिन थालेका छन् । हालसम्म गण्डक क्षेत्र हुँदै भारत पुगेका नौ वटा शव भारतीय प्रहरीले नवलपरासी प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आइतबार पाँच शव हस्तान्तरण गरेको भारतीय प्रहरीले मंगलबार थप चार वटा शव हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।

‘‘हामी भारतीय प्रहरीसँग नियमित समन्वय गरिरहेका छौं,’’ थापाले भन्नुभयो, ‘‘भारतीय प्रहरीले आफ्नो देशको कानुनअनुसार रित पु¥याएर पोष्टमार्टम गरी अहिलेसम्म नौ वटा शव हस्तान्तरण गरेको छ, थप शव भेटिन सक्ने भएकाले खोजि कार्यमा तिब्रता दिन पनि आग्रह गरेका छौं ।’’

भारतको कुशीनगर जिल्लास्थित खड्डा गण्डक नदीमा फेला परेका शवलाई सीमावर्ती क्षेत्र महेशपुर नाकामा हस्तान्तरण गरिएको हो । कुशीनगरबाट ल्याएका उक्त शव सहायक प्रमुख जिल्ला अधिकारी ९एसडिएम० ले इलाका प्रहरी कार्यालयका महेशपुरलाई हस्तान्तरण गरेको कार्यालयका इन्चार्ज, प्रहरी निरीक्षक शुभराज बमले जानकारी दिनुभयो ।

फेला परेका शवको तत्काल पहिचान हुन नसकेकाले भारतीय सुरक्षाकर्मीले पोस्टमार्टमका क्रममा डीएनए नमुना सुरक्षित राखेको जनाएका छन् । सीमावर्ती भारतीय क्षेत्रहरूमा सुरक्षा निकायले नदी किनारमा गस्ती र निगरानी तीव्र पारेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । बाढीका कारण नदीमा बगेका शव भारतसम्म पुगेका कारण यो अभियान चलाइएको हो ।

भारतीय भिडियाहरुले भने गण्डक नहरबाट बगेका गएका शवको संख्या धेरै हुन सक्ने उल्लेख गरेका छन् । द इन्डियन एक्प्रेसले १७ वटा शव भेटिएको जनाए पनि त्यो पुष्टि हुन सकेको छैन । नवलपरासीमा हालसम्म १ सय ७३ शव भेटिएकोमा ६८ शवको जमिनमुनि व्यवस्थापन गरिएको छ ।गोरखापत्र अनलाइनबाट

तपाईको प्रतिक्रिया