Online Bichar
सोमबार, भाद्र १५, २०८३ | Monday, August 31, 2026

झापा, १४ भदौ २०८३ । रसुवाको बाढीमा परेका झापाका तीनजनाको सकुशल उद्धार गरिएको छ । झापाका ४६ बर्षीय पुष्कर ढकाल, ५३ बर्षीय तेजनाथ भट्टराई र ३१ बर्षीय सुदिप सुवेदी सकुशल फेला परेका हुन् । त्यस्तै झापाका १३ जना अझै सम्पर्कविहीन रहेका छन् ।

बिगतका बर्षदेखि रसुवास्थित अप्पर त्रिशूली १ हाईड्रोपावर प्रोजेक्ट २१६ एमडव्लु डोसन कम्पनीमा काम गर्ने मेचीनगर-६ काँकरभिट्टाका दिपक खरेल,रसुवाको टिमुरे बजारस्थित चाईनिज हाईड्रो प्रोजेक्टमा स्काभेटर अपरेटरको रुपमा कार्यरत कनकाई-३ नयाँबस्ती बस्ने घनश्याम भट्टराई, रसुवास्थित अप्पर त्रिशूली-१ हाईड्रोपावर कम्पनीमा बिगत १ बर्षदेखि फोरमेन पदमा काम गर्दै आएका शिवसताक्षी-२ का भक्तबहादुर राई , एन्ड्रीज हेडरो प्रोजेक्ट अप्पर त्रिशूलीमा काम गर्ने गौरीगंज वडा नं.३ बस्ने चुड्का टुडु ,विगत सात महिनादेखि नुवाकोटस्थित अप्पर त्रिशूली एन्डी्रज हाइड्रो प्रोजेक्टमा काम गर्ने दमक-१० सितुमारीका देवलाल मुर्मू , ,अप्पर त्रिशूली–१ हाईड्रोपावर प्रोजेक्ट रसुवामा काम गर्ने गौरीगंज वडा नं.३ ठेकीटोला चोक बस्ने केवलनाथ आचार्य ,नुवाकोट मालुङ हाइड्रोको ड्याममा काम गर्ने कनकाई-२ का लक्ष्मण गुरुङ , रसुवा स्याफ्रुबेसी बजार-५ मा सुन पसलको ब्यवसाय गर्दै आएका बुद्धशान्ति गाउँपालिका २ का राजकुमार दियाली , उनकी श्रीमती श्रुती दियाली र ३ वर्षका छोरा श्रीराज दियाली सम्पर्कविहीन बनेका छन् ।

त्यस्तै शिवसताक्षी-१० का कुलबहादुर कार्की , उनका भाइ सूर्यबहादुर कार्की र झापा गाउँपालिका-७ का प्रेमप्रसाद सेढाई पनि रसुवाको बाढीमा परी बेपत्ता भएको झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठकले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया