काठमाडौं, १४ भदौ २०८३ । यही भदौ १० गते अचानक आएको बाढीले चीनको केरुङस्थित पोर्ट बगाउँदा १०४ नेपाली सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन भएका विदेश नागरिकका सम्बन्धमा चीन सरकारले सम्बन्धित देशका सरकारलाई जानकारी पठाइसकेको छ ।
चीन सरकारले सम्पर्कविहीन भएका नेपालीको सूची परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।
बाढीपछि चीनमा कुल २६१ जना विदेशी नागरिक सम्पर्कविहीन भएको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।
चीनमा सम्पर्कविहीन भएका विदेशीमा नेपालका १०४, भारतका ४९, लाट्भीयाका ३३, अमेरिकाका १८, बेलायतका १५, अस्ट्रेलियाका ६, क्यानडाका ६ जना छन् । त्यस्तै, दक्षिण अफ्रिकाका ४, जर्मनीका तीन आयरल्यान्डका दुई, नेदरल्यान्ड्सका दुई, न्युजिल्यान्डका दुई र फिनल्यान्ड, हंगेरी, कजाकास्तान, लिथुवानिया, पोर्चुगल, स्पेन र युक्रेनका एकरएकजना रहेका छन् ।






