Online Bichar
सोमबार, भाद्र १५, २०८३ | Monday, August 31, 2026

काठमाडौं, १४ भदौ २०८३ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीका कारण आयोजनाका पावर हाउससहित आवासीय कर्मचारी पाँच दिनदेखि फसेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार, ११ आयोजना भोटेकोसी बाढीको मारमा परेका छन् । ती आयोजनाका ९७७ जना सम्पर्कविहीन छन् ।

जसमध्ये कोरियाली कम्पनीले बनाइरहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् (२१६ मेगावाट) आयोजनामा कार्यरत सम्पर्कबाहिर छन् । उक्त आयोजनामा ५७६ काम गर्थे ।

माथिल्लो त्रिशूली आयोजनामा एक हजार संख्यामा कार्यरत रहेको र त्यसमध्ये ५७६ जना अझै सम्पर्कबाहिर रहेको उल्लेख छ । त्यसअतिरिक्त अन्य केही कर्मचारी पनि सम्पर्कमा नरहेको उल्लेख छ ।

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार तथा कामदार गरी कुल २०१ जना सम्पर्कविहीन छन् । आयोजनामा सुरुङभित्र कर्मचारी, परार्मशदाता, ठेकेदार गरी झन्डै २०१ जना फसेको कम्पनीले जनाएको छ ।

आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार, हालसम्म प्राप्त आधिकारिक तथ्यांक हेर्दा उनीहरू सम्पर्कमा देखिँदैनन् ।

सम्पर्कविहीन हुनेमा आयोजनाका २१ कर्मचारी, उनीहरूका परिवारका सात सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२, लट–१ ठेकेदारतर्फका चार चिनियाँ र दुई नेपाली नागरिक, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नमा गएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ कामदार र एक सुरक्षा गार्ड छन् ।

घटनालगत्तै नेपाली सेनाको १६ सदस्यीय टोली, आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुंगेल तथा सिनियर इन्जिनियर रवीन्द्र सिम्खडा घटनास्थलमै खटिएका छन् ।

उद्धारका लागि हालसम्म फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ भएको छ । प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ ।

माथिल्लो त्रिशूली–३ ‘ए’ (६० मेगावाट) आयोजनामा ४२ जना फसेका छन् । उक्त आयोजनामा उद्धारको प्रयास भइरहेको छ ।

सांसद श्रीराम न्यौपानेसहितको टोलीले आयोजनाको सुरुङ खोतल्ने क्रम जारी राखेको छ । आइतबार दिउँसो ३ः१५ मा टनेल भेटिएको न्यौपानेले जानकारी दिए ।

आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरू ब्लास्टिङ गर्नेसम्मका प्रयास गर्दैछन् ।

पछिल्लो जानकारीअनुसार, उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली खटिएको छ ।

यसअघि टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग (‘क्राउन हेड’० मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले ९र्‍यापेल गरेर० टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ ।

रसुवागढी आयोजना (१११ मेगावाट) मा ९३ जना कार्यरत थिए । जसमा आयोजनाका ४९, ठेकेदारका ४२ जना (जसमध्ये चारजनाको जीवितै उद्धार गरिएको थियो र दुईजनाको शव भेटिएको) कम्पनीको सचिव नरनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार, आयोजनाको पावर हाउसभित्र अझै कम्तीमा १४ जना अनुमान छ ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना ९२० मेगावाट०को ४२ कर्मचारी सम्पर्कविहीन छन् । आयोजनामा कार्यरत ६० मध्ये १८ जनालाई सकुशल उद्धार गरिएको थियो । ४२ जना अझै सम्पर्कविहीन रहेको प्रवर्द्धक मल्टी इनर्जीका अध्यक्ष कृष्णप्रसाद आचार्य बताउँछन् ।

“आज सुरुङ खोल्ने तयारीमा सेना छ । ४२ जना मिसिङ हुनुहुन्छ । सुरुङमा पानी गइरहेको हुँदा हामी आशामै छौँ,” उनी भन्छन् ।

उनका अनुसार, सम्पर्कविहीन हुनेहरूमा आठजना प्राविधिक इन्जिनियर, पाँचजना सहयोगी, एक सुरक्षा गार्डसहित सुरुङ ९टनेल० भित्र काम गरिरहेका कामदारहरू छन् ।

सुरुङको मुख खुला र भित्र पानी बहिरहेकाले अक्सिजनको सम्भावना भएको हुँदा सुरुङभित्र मानिसहरू जीवितै हुन सक्ने आशाका साथ नेपाली सेनाको टोलीसहित उद्धार कार्य अघि बढिरहेको छ ।

बाढीले आयोजनाका पावरहाउस र क्याम्प क्षेत्र पूर्ण रूपमा बगाएर नामोनिसानै नरहेको तथा भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ । आजै (भदौ १४ गते) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला यो प्राकृतिक विपत्ति घटेको हो ।

“भौतिक क्षति पुनः निर्माण गर्न सकिने भए तापनि देशका दक्ष प्राविधिक, इन्जिनियर र विशेषज्ञ जनशक्तिको मानवीय क्षति हुनु राष्ट्रकै लागि ठूलो र अपूरणीय घाटा छ,” आचार्य भन्छन् ।

रसुवा–भोटेकोसी (१२० मेगावाट) आयोजनामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन छन् ।

२२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनामा आठजना सम्पर्कविहीन छन् । नेपाली सेना सुरुङ मार्गमार्फत उद्धारको प्रयासमै छ ।

५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा सात कर्मचारी र इन्जिनियर सम्पर्कविहीन छन् ।

त्रिशूली जलविद्युत् आयोजना (२४ मेगावाट) बाट एकजना सम्पर्कविहीन छन् । १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना (१४.१ मेगावाट) मा एकजना सम्पर्कविहीन भएको उल्लेख छ ।

यस्तै, मिडिल त्रिशूली गंगा (१५.६ मेगावाट) आयोजनाबाट दुईजना सम्पर्कविहीन छन् । सरकारले बाढीपश्चात् विदेशी विशेषज्ञ बोलाउन ढिलाइ गर्दा सुरुङभित्र फसेकाहरूको जीवितको आश कम हुँदै गएको विज्ञहरू बताउँछन् ।

 

तपाईको प्रतिक्रिया