Online Bichar
बुधबार, भाद्र १०, २०८३ | Wednesday, August 26, 2026

काठमाडौं, १० भदौ २०८३ । पत्रकार निराजन पौडेलका बुवा–आमासहित पाँचजना सदस्य सम्पर्कविहीन भएका छन् । तिब्बत क्षेत्रबाट त्रिशूलीमा आएको बाढीको विध्वंशपछि पौडेलका बाबु बासुदेव पौडेल, आमा, काका, काकी र बहिनी नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन रहेका हुन् । पत्रकार पौडेलले पयिरवारजनको खोजी गरिदिन सामाजिक सञ्जालमार्फ आग्रह समेत गरेका छन् । पत्रकार पौडेलका बुबा बासुदेव बेत्रावतीको स्थानीय विद्यालयका शिक्षक हुन् ।

“हाम्रो सबै परिवारको बेत्रावतीमा बसोबास थियो । स्कुलका शिक्षकलाई सोध्दा बुबाले हाजिर गरेर निस्कनुभएको भन्छन् । यताउता सम्पर्क गर्दा अहिलेसम्म कुनै खबर आएको छैन । मोबाइलमा फोन पनि लागेको छैन,” पत्रकार पौडेलले भने ।

आफन्तहरूबाट पनि साँझसम्म कुनै जानकारी नआएको पत्रकार पौडेलले बताए । पत्रकार पौडेलले परिवारजनको खोजी गरिदिन सबै पक्षसँग सहयोग मागेका छन् ।

तपाईको प्रतिक्रिया