काठमाडौं, १० भदौ २०८३ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा नेपाली सेनाका ६ वटा हेलिकोप्टर खटिएका छन् ।
“नेपाली सेनाका ६ वटा हेलिकोप्टर खटिई बाढी प्रभावितहरूको उद्धारका गरिरहेको र थप दुईवटा हेलिकप्टर उक्त स्थानतर्फ जाने क्रममा रहेको छ,” नेपाली सेनाले जनाएको छ ।
बुधबार बिहान भोटोकोसी र त्रिशूली नदीमा अचानक बाढी आएपछि ठूलो जनधनको क्षति गरेको छ ।
“हालसम्म २९ जनाको हवाई उद्धार गर्नुका साथै उक्त इलाकामा उद्धार कार्यलाई थप सहजता प्रदान गर्नको लागि तीनवटा ड्रोन समेत परिचालन गरिएको छ,” सेनाले जनाएको छ ।






