Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठमाडौं, ४ भदौ २०८३ । एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

अब उनले निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन सक्ने छन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले ८० लाख धरौटीमा रिहा भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया