Online Bichar
मंगलबार, आषाढ २३, २०८३ | Tuesday, July 7, 2026

काठमाडौं, २३ असार २०८३ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्रीलाई नियुक्त गरिएको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाह (बालेन) ले डा. खत्रीलाई त्यहाँको उपाध्यक्ष बनाएका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार (असार २३) मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे ।

आयोगमा यसअघि उक्त पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म त्यहीँका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत अधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली थियो ।

 

तपाईको प्रतिक्रिया