Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौं, १४ असार २०८३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो भन्दा भारतले नेपालको भूमि मिचेको अभिव्यक्ति खण्डित नभएको बताएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयतबार आयोजित कार्यक्रममा उनले रास्वपा महाधिवेशनमा प्रधानमन्त्री शाहले बोल्दा संसद्मा दिएको अभिव्यक्ति नसच्चिएको बताएका हुन् ।

“अस्ति चितवनमा गएर लिपुलेक, कालापानी हाम्रो हो भनेपछि हामीले थुप्रै ठाउँ सीमा मिचेका छौँ भन्ने खण्डन भो भन्ने विद्धानहरू निस्किए, फेरि । कहाँ खण्डन भो ? लिपुलेक, कालापानी नेपालको हो भन्ने एउटा कुरा हो । त्यो बेग्लै कुरा हो । त्यो विषयमा संसद्‌मा विवाद भएको होइन । विवाद भएको नेपालले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ भन्ने कुरामा हो । जुुन कुरा खण्डन गरेको छैन । अर्को मन्त्रीले लटपट गरेर जवाफ दिँदा खण्डित भएन,” ओलीले भने ।

तपाईको प्रतिक्रिया