Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं,१० असार २०८३ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउन ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीको १५औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत प्रतिनिधि खटाएको हो ।

३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ प्रतिनिधि खटाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।

तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार ७ देखि असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी निर्वाह गर्ने दुलालको भनाइ छ । कांग्रेसका पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यले परिचयपत्र प्राप्त गरिसकेका छन् ।

एक लाख ४९ हजार ३०९ क्रियाशील सदस्यले पेस गरेको फाराम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत् अद्यावधिकको प्रक्रियामा रहेको जनाएको थियो । कार्यवाहक मुख्यसचिव दुलालले अद्यावधिकको समय थप भएसँगै संख्या पनि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया