काठमाडौं, ९ असार २०८३ । सरकारी वकिलले पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ ।
पौडेललाई मंगलबार विशेष अदालतसमक्ष पेस गरिएको थियो । व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको आरोपमासम्पत्ति शुद्धीकरण विभागको सिफारिसअनुसार पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।
विशेष अदालतसमक्ष सरकारी वकिलले २० दिन थुना अनुमति मागे पनि पौडेलका कानुन व्यवसायीले जिम्मेवारी व्यक्ति भएका कारण भागेर जानसक्ने अवस्था नभएकाले हाजिर जमानीमा तारिखमा राख्न माग गरेका छन् ।
अहिले सरकारी वकिलको बहस सकिएको छ । आरोपीका कानुन व्यवसायीले बहस गरिरहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । “दुईतर्फी बहस सकिएपछि मात्र थुना म्यादबारे इजलासबाट एउटा आदेश आउँछ,” हितानले भनिन् ।बाह्रखरीबाट






