झापा, ९ असार २०८३ । हुलाकी राजमार्गमा लागू औषधसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । सोमबार साँझ ७ बजे झापा गाउँपालिका-५ पन्थापाडास्थित हुलाकी मार्गमा प्रहरी चौकी शरणामतिबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय रोहित कटुवाल र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष राजवंशीलाई लागू औषधसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा दुवै जनाले ४ वटा कालो प्लास्टिकले पोको पारी लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिक बाहेक ५ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी चौकी शरणामतिमा राखिएको छ ।






