Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा, ९ असार २०८३ । झापाको गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ६ः३० बजे खेतमा आली खन्ने क्रममा पानीसँगै आएको चट्याङ लाग्दा भोजपुर आमचोक गाउँपालिका–९ घर भई हाल गौरीगञ्ज–३ मा डेरा गरी बस्दै आएका ३० वर्षीय बलबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रेष्ठ चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए। चट्याङ लागेपछि उनको घटनास्थलमै ज्यान गएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ।

तपाईको प्रतिक्रिया