काठमाडौं, ७ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताएका छन् ।
चितवनमा आइतबारबाट सुरु रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै सभापति लामिछानेले विगतको भनाइ दोहोर्याउँदै रास्वपालाई लडाउने शक्ति अब नआउने दाबी गरे ।
“मैले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरुको तागत छैन,” लामिछानेले भने, “तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन ।”
उनले फुटाउ र राज गर भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।






