Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, ७ असार २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर सोधपुछ गरेको पुष्टि गरेका छन् । आइतबार रास्वपा महाधिवेशनमा बोल्दै प्रधानमन्त्री शाहले यस्तो पुष्टि गरेका हुन् ।

विगतमा राज्य कोष र राज्यको सम्पत्तिमाथि भएको शोषणविरुद्ध जोसुकैसँग दुस्मनी लिन तयार भएको बताए । तर, कुनै दल विशेषसँग दुस्मनी नलिने उनको भनाइ थियो ।

“हाम्रो पार्टी अगाडि बढ्ने पार्टी हो, दुस्मनी लिएर निहुँ खोज्दै बस्ने पार्टी होइन । निहुँ खोज्नु परे अगाडि बढ्दै गर्दा खोजिन्छ,” शाहले भने, “कस्तो केस भने विगतका दिनहरूमा केही फट्याइ भएका छन्, सरकारी सम्पत्तिको दोहन भएको छ भने, सरकारी रकमको दोहन भएको छ भने त्यहाँनेर निहुँ खोज्न जरुरी हुन्छ । त्यहाँ निहुँ खोज्छौँ हामी ।”

शाहले त्यस्ता विषयमा केही घण्टा नभएर केही वर्ष पनि अख्तियारलाई सोधपुछ गर्ने बताए ।

“त्यो निहुँ खोज्दाखेरि अख्तियारलाई बोलाएर चार पाँच घण्टा होइन चार पाँच वषै पनि सोधपुछरसल्लाह गर्ने हो, पाँच वर्षै अख्तियारलाई राखेर सोधपुछ गर्ने हो, त्यसमा चिन्ता लिएराख्नुपर्दैन,” शाहले अन्य दलबाट महाधिवेशनमा गएका अतिथि नेताहरूको चिन्तालाई जवाफ दिँदै भने ।

 

तपाईको प्रतिक्रिया