काठमाडौं, ६ असार २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत चुनावी कार्यतालिका सार्वजनिक गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका तय गरेको हो ।
महाधिवेशन प्रतिनिधिका नामावली प्रकाशनदेखि मत परिणाम घोषणासम्म कार्यतालिकामा समेटिएको छ । यही असार ८ गते दिउँसो २ देखि अपराह्न ४ बजेसम्म उमेदवारी मनोनयनपत्र दर्ता गरिने कार्यतालिका छ ।
प्रक्रिया पूरा गरी सोही दिन राति ११ बजे उमेदवारका अन्तिम नामावली प्रकाशन गरिने विभागका प्रमुख भुवन केसीले जानकारी दिए ।
असार ९ गते बिहान साढे ८ देखि दिउँसो ३ बजेसम्म मतदान गरिने कार्यतालिका छ । मतदान सम्पन्न भएको दुई घण्टापछि मत परिणाम घोषणा गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
आइतबारदेखि मंगलबार ९असार ७–९०सम्म चितवनको भरतपुरमा रास्वपाको महाधिवेशन हुँदै छ । महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन् ।






