Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १७ जेठ २०८३ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा केही ‘सुधार’ आएको छ ।

निमोनियाको लक्षण देखिएपछि शनिबार ललितपुरस्थित मेडिसीटी अस्पताल भर्ना भएका प्रचण्डको स्वास्थ्यमा सुधार आएको नेकपा पार्टी कार्यालयका सचिव गोविन्द आचार्यले जानकारी दिए ।

आचार्यले बाह्रखरीसित भने, “उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । एक/दुई दिन अस्पतालमै बसेर उपचार गर्नु भन्ने डाक्टरको सल्लाह बमोजिम उहाँ अहिले अस्पताल भर्ना हुनुभएको हो । अरु बाहिर आएर जस्तो कुनै स्वास्थ्य समस्या छैन ।”

प्रचण्डको स्वास्थ्यमा असहज भएपछि शनिबार अस्पताल भर्ना भएका हुन् ।

तपाईको प्रतिक्रिया