Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

काठ्माडौं, २८ वैशाख २०८३ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको जनाएको छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीले अनलाइनमार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छन् ।

पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ ।

यस वर्षको एसईईमा नियमिततर्फ सहभागी ४ लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत (२ लाख ८४ हजार १६० जना) उत्तीर्ण भएका छन् भने ३४.२ प्रतिशत (१ लाख ४६ हजार ५०७ जना) फेल (एनजी) भएका छन्। फेल भएका विद्यार्थीका लागि असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया