Online Bichar
मंगलबार, बैशाख २९, २०८३ | Tuesday, May 12, 2026

झापा, २८ वैशाख २०८३ । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन् । गिरीलाई बिर्तामोड–५ स्थित ‘Go 69 Café’ बाट तथा मेचेलाई बिर्तामोड–४ स्थित ‘Red Hot Chilli’ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई २०८३ वैशाख २८ गते जिल्ला अदालत झापाबाट सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि दुई दिनको म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया