काठमाडौं, २८ वैशाख २०८३ । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बिमाको पुनः संरचना गरिने बताएका छन् ।
साथै, दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउन टेलिहेल्थ सेवा सञ्चालन गरिने बताएका छन् ।
उनले स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण र रोग नियन्त्रणका लागि रोग नियन्त्रण केन्द्र स्थापना गरिने बताएका छन् ।
संघीय तहमा महामारी नियन्त्रण र सार्वजनिक स्वास्थ्य अनुसन्धानका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला निर्माण गरिने योजना रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।






