Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, २८ वैशाख २०८३ । सुनसरीमा धारिलो हतियार प्रहार गरी एक युवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार धरान उपमहानगरपालिका-१०, बेलगाछी बस्ने २७ वर्षीय जीवन भुजेलको हत्या भएको हो ।

भुजेलको हत्या आरोपमा सोही उपमहानगरपालिका-१९, खिम्दिङ पुल चोक बस्ने २७ वर्षीय जिमी भन्ने अर्जुन विश्वकर्मालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अर्जुनले धारिलो हतियार छुरा प्रहार गर्दा जीवन गम्भीर घाइते भएका भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी खटिएको थियो ।

गम्भीर घाइते भएका जीवनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया