काठमाडौं, ७ माघ २०८२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ ।
शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए ।






