Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

बिर्तामोड, ८ भदौ २०८२ । झापाको मेचीनगरमा लागूऔषध ब्राउन सुगरसहित दाजुभाइ परेका छन् । शनिवार साँझ ७ बजे मेचीनगर नगरपालिका–१० पाथीभरा टोलस्थित बाँसघारीमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमान्डमा खटिएको टोलीले सोही ठाउँका २८ वर्षीय लुङगा भन्ने सन्दीप लिम्बूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकबाहेक ४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

सँगै रहेका उनका भाइ २४ वर्षीय अर्जुन लिम्बू समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया