Online Bichar
मंगलबार, भाद्र ०९, २०८३ | Tuesday, August 25, 2026

झापा, ८ साउन २०८२ । लागूऔषध ब्राउनसुगरसहित इलामका एक युवक झापाको काँकरभिट्टामा पक्राउ परेका छन् ।

हिजो साँझ ५:३० बजे मेचीनगर वडा न.६ पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका इलाम नगरपालिका वडा न.११ बस्ने १८ वर्षीय ईछिङ एक्तेन लागूऔषधसहित पक्राउ परेका हुन् ।

शंका लागेर शरीर तलासी लिने क्रममा उनको मलद्वारबाट ७ ग्राम १३० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया