काठमाडौं, ३ असार २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतले तीन लाख धरौटीमा रिहा हुने आदेश गरेको छ ।
गत चैत १५ गते भएको तीनकुने घटनाका अभियुक्त मिश्रलाई काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले तीन लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
प्राविधिक रूपमा प्रहरीको फरार सूचीमा रहेका मिश्र मंगलबार आफैँ अदालत उपस्थित भएका थिए । सोही घटनाका एउटै अभियोग लगाइएका राप्रपाका महामन्त्री धवलशमशेर जबरा पनि सोमबार तीन लाख धरौटीमा छुटेका छन् ।






