Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

झापा, १० वैशाख २०८२ । झापाको बुद्धशान्तिबाट ५ लाख बढीको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका–४ बर्ने चिया बगानस्थित मेची राजमार्गमा बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज. ३४४९ नम्बरको यात्रुबाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलबिना अबैध रुपमा ल्याएको अन्दाजी ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरु फेला परेको थियो ।

ती सामानहरु नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया