Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, २१ माघ २०८१ । बेलायतले दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन विपरीत प्रवेश गर्ने उनीहरूलाई बेलायतले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा कृति बस्नेत र अशोक बाबु श्रेष्ठ रहेका छन्। गत साता कृतिलाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो भने अशोक बाबुलाई फ्लाई दुबईको विमानबाट काठमाडौं फर्काइएको हो।

अध्यागमन स्रोतका अनुसार कृतिले गैरकानुनी तरिकाले बेलायत प्रवेश गरेका थिए। प्रहरीले नियन्त्रणमा लिएपछि कृतिलाई निष्कासन गरेको स्रोतको भनाइ छ। अशोक बाबलाई भने बेलायत प्रवेश अनुमति नै नदिइ फिर्ता पठाएको हो। बेलायत प्रवेशका लागि कागजातहरू शंकास्पद देखिएपछि अध्यागमन प्रहरीले अशोक बाबुलाई फिर्ता पठाइएको स्रोतको भनाइ छ।

आकर्षक तलब र दलालको प्रलोभनमा परेर नेपालीहरू विदेश अहिले पनि विदेश जाने गर्छन्। तर, सम्बन्धित देशको अध्यागमन कानुन विपरीत त्यहाँ पुगेपछि उनीहरू फिर्ता आउन बाध्यन हुन्छन्। पछिल्लो समय युरोप, अमेरिकासहित दक्षिण कोरिया, जापान, मलेसिया, दुबई, कतारबाट पनि नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्।

 

तपाईको प्रतिक्रिया