Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

काठमाडौं, २३ साउन २०८१ । मंगलबार १ सय ४५ अंकले घटेको सेयर बजार बुधबार उसैगरी बढेको छ। सेयर बजार परिसूचक नेप्से बुधबार १०८.३५ अंक अर्थात् ४.०८ प्रतिशतले बढेको हो।

मंगलबार अहिलेसम्मकै सर्वाधिक झण्डै २४ अर्बको कारोबार भएकोमा बुधबार कारोबार रकम भने घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार १७ अर्ब ८३ करोड २६ लाख २४ हजार ४ सय २८ रुपैयाँको कारोबार भएको छ।

बुधबार २ सय ४२ कम्पनीका ३ करोड ७८ लाख ७३ हजार २ सय १३ कित्ता सेयर किनबेच भएको छ।

कुथेली बुखरी साना जलविद्युत आयोजना र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड बाहेक सबै कम्पनीको सेयर रकम बढेको छ।

 

तपाईको प्रतिक्रिया