Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

शान्ति सुब्बा

गौरादह, ११ साउन २०८० । झापा गौरादहका सुनचाँदी व्यवसायी सोमराज वि.क ठगी प्रकरणमा उनकी श्रीमती शुभद्रा वि.क लाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानको क्रममा श्रीमतीको पनि संलग्नता देखिएपछी ईलाका प्रहरी कार्यालय दमकले उनलाई (हिंजो) बुधबार घरबाट नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेकी शुभद्रा वि.क विरुद्ध पनि ५-६ जना पिडितले किटानी जाहेरी दिएको र जाहेरी बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ । गौरादह नगरपालिका वडा नं.१ स्थित बजार घर भएका ५१ वर्षिय विश्वकर्माले स्थानीयहरुको करोडौ रकम हिनामिना गरि फरार भए पश्चात स्थानीय जनप्रतिनिधि र प्रहरीको विशेष समन्वयमा साउन ४ गते काँकडभिट्टाबाट उनलाई पक्राउ गरिएको थियो ।

व्यवसायी विश्वकर्मालाई असार २४ गते ठगी मुद्दा दर्ता भएको थियो । पक्राउ परेका विश्वकर्मा दम्पतीलाई हाल ईलाका प्रहरी कार्यालय दमकमा अनुसन्धानका लागि राखिएको जनाइएको छ । यस्तै, गौरादह नगरपालिका-१ का वडाध्यक्ष तथा प्रवक्ता नगेन्द्र भण्डारीका अनुसार हालसम्म विश्वकर्माबाट ठगिएका ५ सय भन्दा बढी पिडितले निवेदन दिएका छन् भने २८ करोड भन्दा बढि रकम दाबीमा परेको जानकारी दिनुभएको छ ।

 

तपाईको प्रतिक्रिया