Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

जेबि खड्का
गौरादह, ३ जेठ २०८० । गौरादह-७ को ग्वालडुब्बामा नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.५ ले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेकपा एमालेले ३० औं मदन-आश्रित स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।

रक्तदान कार्यक्रममा गौरादह नगरपालिका भित्रका नागरिकहरु सहभागी भएका थिए। नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजनामा संचालन भएको रक्तदान कार्यक्रममा प्राबिधिक प्रमुख पवन थापा सहित ५ जनाको टिम रहेको थियो। गौरादह नगरपालिका भित्रका ३३ महिला सहित १ सय ६ जनाले रक्तदान गरेका थिए। रक्तदानबाट संकलित रगत नेपाल रेडक्रस सोसाईटी झापा शाखामा राखिने प्राबिधिक टिमले जनाएको छ। रक्तदानमा सहभागी हुने सबैलाई आयोजकले प्रमाणपत्र दिइएको थियो।

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं.५ का संयोजक तुलशी कार्कीको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा सह-ईन्चार्ज रोमनाथ ओली प्रमुख अतिथि रहेका थिए।कार्यक्रममा संबिधान सभा सदस्य दिपक कार्की,झापा प्रदेश नं ५ ख प्रदेश सभा सदस्य होम थापा, गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी, उपमेयर जलबर्षा राजवंशी लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया