Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

गौरादह, ५ पुस २०७९ । झापामा जंगली हात्तीको आक्रमणबाट एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ का ३७ वर्षिया जगत बहादुर भुजेल रहेका छन् ।

मंगलबार(आज)दिउँसो ४ः२० बजेको समयमा कचनकवल गाउँपालिका-१ स्थित रहेको पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घास दाउरा गरी फर्कने क्रममा उक्त सामुदायिक वन संग जोडिएको यज्ञ ओलीको खेतबारीमा सोही सामुदायिक वन बाट आएको जंगली हात्तिले आक्रमण गरी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया