Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

गौरादह, २९ साउन २०७९ । प्रहरीले झापाको मेचीनगरबाट अबैध दुध पाउडर र सुपारी बरामद गरेको छ । आज(आईतबार)अन्दाजी १२ बजेको समयमा झापाको मेचीनगर नगरपालिका-६ र ७ बाट अबैध दुध पाउडर र सुपारी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-७ बाट भारत देखि नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको १ लाख बराबरको २०० केजी दुध पाउडर र मेचिनगर नगरपालिका-६ स्थित काठमिल छेउबाट नेपाल देखि अबैध रुपमा भन्सार छलि भारत तर्फ लादैं गरेको १५ हजार रुपैयाँ बराबरको ३० केजी सुपारी गरी १ लाख १५ हजार बराबरको अवैध सामान पक्राउ गरी आवश्यक कार्वाहीको लागी मेचि भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया