Online Bichar
सोमबार, आश्विन ०५, २०८३ | Monday, September 21, 2026

काठमाडौं, ३ जेठ २०७८ । संघीय संसद सचिवालयले बजेट अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरेको छ ।

संविधान अनुसार, संघीय संसदको प्रतिनिधिसभामा जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ । तर, अहिलेसम्म सरकारले बजेट अधिवेशन आव्हान गरेको छैन । यद्यपि संघीय संसद सचिवालय भने अधिवेशनका लागि तयारी अवस्थामा बसेको छ ।

सचिवालयले भने समय घर्किसकेकाले प्रि–बजेट माथि छलफल चलाउन नसकिने जनाएको छ । नीति तथा कार्यक्रम र बजेटका कुरामा दलीय सहमति गरी छलफल छोटो बनाएर काम गर्न सकिने भए पनि प्रि–बजेट छलफलका लागि भने समय घर्किसकेको प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रि–बजेटलाई त सम्भव देखिएन । १५ दिन अगाडि भन्ने छ । जेठ १५ को अगाडि । त्यो हामीले समय गुजारीसकेका छौं । अब नीति तथा कार्यक्रम र बजेटका कुरा छन् । त्यसको लागि १– २ दिनभित्रै बैठक आव्हान भएमा बैठकलाई छोटो तरिकाले सञ्चालन गर्न सकिन्छ ।’

प्रवक्ता पाण्डेले कोभिड–१९ को महामारी तीव्र गतिमा बढ्दै गएकाले भर्चुअल बैठक सञ्चालन गर्नुपरेमा पनि त्यस किसिमको प्राविधिक तयारी सचिवालयले गरेको छ र्चुअल बैठकका लागि कानूनी संरचनाले बाधा पुर्याउने उहाँले बताउनुभयो ।

संविधान र संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यसञ्चालन नियमावलीले भौतिक रूपमा उपस्थित भएर बैठक सञ्चालन गर्नुलाई मात्र आधिकारिक मानिने र उपस्थितिका लागि हस्ताक्षर गर्नैपर्ने भएकाले भर्चुअल बैठकलाई कानूनी मान्यता दिने अवस्था नरहेको पाण्डेको भनाइ छ । तर, त्यस किसिमको अवस्था आएमा प्राविधिक रूपमा सचिवालय दुरुस्त रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments