Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

गौरादह, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक सङ्गठन वाइसिएलको गौरादह नगर अध्यक्षमा धर्म चौहान चयन भएका छन् । आज सम्पन्न वाइसिएलको गौरादह नगरपालिकाको भेलाबाट चौहान अध्यक्षमा चुनिएका हुन् । यस्तै उपाध्यक्षमामा प्रकाश भट्टराई र सुनिल खड्का चयन भएका छन् ।

भेलाले ८ जना पदाधिकारी सहित बिधान अनुसार ४१ सदस्यीय नगर समिति सर्वसम्मतले चयन गरेको नवनिर्वाचित उपाध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । जम्मा ८ पदाधिकारीमा अध्यक्ष सहित दुई उपाध्यक्ष, एक सचिव, दुई सहसचिव र दुई कोषाध्यक्ष रहेका छन् । भेलाबाट सचिव मदन श्रेष्ठ भएका छन् भने  सह सचिवमा लिलाप्रसाद चौलागाई र केशव पौडेल चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुलभ भट्टराई र मिना गुरुङ सर्बसम्मत चयन भएका हुन् ।

नगर भेलामा नेकपा माओवादी केन्द्रका नेताहरु दुर्गा चम्लागाई, पुष्प ढकाल, हुकुम नेपाली, माधव भट्टराई, कुमार खतिवडा, बिरेन्द्र बस्नेत लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालको बदलिदो राजनीतिक परिस्थितिमा वाइसिएलको हस्तक्षेपकारी भूमिका बिषयमा अन्तरक्रियात्मक छलफल बहस समेत भएको युवा नेता युबराज खनालले बताए ।

कार्यक्रममा सहभागिहरुले वर्तमान सरकार सर्बहारा, मजदुर, किसान तथा श्रमजीविहरुको पक्षमा नभएको, तस्कार र माफियाहरुको सेटिङमा चलेको हुनाले वाइसिएले भ्रष्टचार र बेथितिको बिरुद्धमा लड्नु पर्नेमा जोडदिएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments