गौरादह, ४ वैशाख २०७८ । शुभलक्ष्मी सहकारी संस्था लिमिटेडले आफ्नो २३औं स्थापना दिवसको अवसर पारेर विद्यार्थीलाई विद्यालय स्टेशनरी बोक्ने झोला वितरण गरेको छ । शुक्रबार(हिंजो) एक कार्यक्रमका बिच ५० थान झोला वितरण गरेको हो । गौरादह–५ स्थित जनज्योति प्रा.वि.मा अध्ययनरत गरिब तथा जेहेन्दार ५० जना छात्र छात्रालाई विद्यालय स्टेशनरी बोक्ने झोला वितरण गरिएको शुभलक्ष्मी सहकारी संस्था लिमिटेडका व्यवस्थापक तिलक बहादुर कार्कीले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनमा कुनै पनि असर नपरोस साथै एउटा सानो सहयोगले विद्यार्थीको किताब, कापी हिफाजत तरिकाले राख्न सकोस् जसका कारण पढ्नमा मेहनत र हौसला मिलोस भन्ने उद्देश्यले झोला वितरण गरिएको व्यवस्थापक कार्कीले बताउनुभयो ।
त्यस अवसरमा संस्थाका उपाध्यक्ष दिलिप कुमार भण्डारी, सचिव हेमचन्द्र घिमिरे(राजु), संचालक समितिका सदस्यहरु लगायतले विद्यालयमा गएर विद्यार्थीलाई झोला वितरण गरेका थिए ।
यस्तै, सोही अवसरमा भोली(आईतबार) पनि गौरादह-५ भद्रकाली मा.वि. का ५० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय स्टेशनरी बोक्ने झोला वितरण गरिने व्यवस्थापक कार्कीले बताउनुभयो ।
यस्तै, संस्थाको २३औं स्थापना दिवसको अवसरमा शनिबार(आज) गौरादह सामुदायिक भवनमा विभिन्न कार्य सम्पन्न गर्ने निर्णय भएको भएता पनि कोभिड-१९ को संक्रमण बढ्दो क्रममा देखिएकोले देशभर सभा, जुलुस,¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, भिडभाड हुने कार्य नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती र जिल्ला प्रशासन कार्यालय झापाको परिपत्र अनुसार २०७७ चैत २४ गते बसेको सञ्चालक समितिको बैठककोे निर्णय अनुसार उक्त कार्यक्रम स्थगन गरिएको पनि जनाइएको छ ।








