Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौँ, ९ पुस २०८२ । नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १९ जनाको नाम हटाउने निर्णय गरेको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

उनीहरूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रियसभामा उम्मेदवार बन्न दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता डा।महतले बताए ।

पार्टीको निर्णय निर्वाचन आयोगमा बुझाउने र प्रदेशसभाको बन्दसूचीबाट हटाउन पत्र लेख्ने निर्णय भएको उनले बताए । बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया