Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

काठमाडौं, ७ पुस २०८२ । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए ।

उदयपुर घर भएका ठकुरीको हत्यामा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्न देखिएपछि ती व्यक्तिलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका–३ का २७ वर्षीय सञ्जिव याखा छन् । उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

 

तपाईको प्रतिक्रिया