Online Bichar
सोमबार, फाल्गुण ०४, २०८२ | Monday, February 16, 2026

काठ्माडौं, ६ पुस २०८२ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै मूल्य यथावत् गराएका हुन्। यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पु¥याइएको थियो।

सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात ६ हजार ५०० कायम गरेको हो। शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो।

यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीको पालामा २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय मार्फत् स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराइएको थियो।

त्यसबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएपनि गत मंसिरमा पुन बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुनः खारेज भएको हो।

 

तपाईको प्रतिक्रिया