Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठ्माडौं, २९ मंसिर २०८२ । प्रदेश सरकारहरूले ४ महिनामा साढे २१ अर्ब हाराहारी खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म ७ प्रदेश सरकारले २१ अर्ब ४१ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् । त्यति खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखिएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४७ अर्ब ३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया