Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १५ मंसिर २०८२ । अब बैंकहरूले राष्ट्र बैंकबाट पाउने सापटीको ब्याजदर घटेको छ।

राष्ट्र बैंकले स्थायी तरलता सुविधाको रूपमा दिने गरेको यस्तो सापटीको ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ।

त्यस्तै, यस्तै सापटी लिन प्रयोग गरिने नीतिगत ब्याजदर समेत ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ।

बैंकहरूसँग लगानी योग्य पुँजी अभाव भएर तरलतामा दबाब हुँदा राष्ट्र बैंकबाट सापटी लिने गर्छन्।

हुनतः अहिले बैंकहरूसँग लगानी गोग्य रकम नै आठ खर्बभन्दा बढी रहेको छ। तर, यदी कर्जाको मागमा सुधार हुँदै गयो र बैंकहरूलाई कायम गर्नुपर्ने तरलता अनुपातमा दबाब परेमा यसरी सापटी लिन सकिने पुँजीको ब्याज घटेको हो।

राष्ट्र बैंक बजारमा पुँजीको प्रवाह बढाउन लागेको यसले संकेत गर्छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र पहिलो त्रैमासिक समीक्षामा गरिएका व्यवस्थाबाट मूल्य, बाह्य क्षेत्र र वित्तीय क्षेत्र स्थायित्व कायम हुँदै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया