Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १५ मंसिर २०८२ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार २६.५१ अंकले घटेको नेप्से परिसूचक आज ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। आइतबार ७ अर्ब बढीको सेयर कारोबार भएकोमा आज ४ अर्बमा खुम्चिएको छ। यसदिन ३२५ स्क्रिप्सको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँमा खरिदबिक्री भए।

सेयर बजार सामान्य अंकले घटे पनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,स्वस्तिक लघुवित्त वित्तीय संस्था,झापा इनर्जी र श्रीनगर एग्रेटेक इन्डष्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ग्रिन भेन्चर्सको ९.३१ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनी २७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सले १५ करोडको कारोबार गर्दा बन्दिपुर केवलकार एण्ड टुरिजमले १४ करोड,नेपाल रिइन्स्योरेन्सले १३ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले १२ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १२४ वटा स्टक्सको मूल्य बढ्दा १२६ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहको उपसूचक बढ्दा आठ समूहको नकारात्मक देखिएका छन्। डेभलपमेन्ट बैंक,फाइनान्स,हाइड्रोपावर,मनु एण्ड प्रो र माइक्रोफाइनान्स समूहको उपसूचक सकारात्मक देखिए।

तपाईको प्रतिक्रिया