Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १४ मंसिर २०८२ । निर्वाचन आयोगले मतदानस्थल थप गरेको छ । आयोगले मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित तुल्याउन मतदानस्थल पुनरवलोकन गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज गरिएको उनले जानकारी दिए ।

विगतमा १० हजार ८९२ मतदानस्थल थियो । ७५ मतदानस्थल थप हुँदा देशभर १० हजार ९६७ मतदानस्थल कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया