Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १२ मंसिर २०८२ । नेपाली बजारमा सुनको मूल्य साढे दुई लाख नाघेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २२ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५० हजार ६०० पुगेको छ। बिहीबार ४०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ४८ हजार ४०० पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। महासंघका अनुसार आज ६५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ३४५ रुपैयाँ पुगेको छ।

बिहीबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

तपाईको प्रतिक्रिया