झापा, १ मंसिर २०८२ । भारतमा रेल दुर्घटनामा परी झापा कचनकवलका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाँका छोरा फरमुद आलम रहेका छन् ।
पारिवारिक स्रोतका अनुसार आलम दिल्लीबाट रेल चढेर घर फर्कने क्रममा गएराति उत्तर प्रदेश राज्य जागिपुर रेलवे स्टेसन नजिकै लडेर गम्भीर घाइते भएका थिए । घाइते उनको त्यही क्रममा मृत्यु भएको हो।
उनी कामको शिलशिलामा केही महिना अगाडि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । यता शवको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ ।






