Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, १ मंसिर २०८२ । साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४३ अंकले बढेर ४४०.८७ विन्दुमा अडिएको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक ५.१५ अंकले घटेको थियो। सो दिन ३ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम आइतबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३३५ स्क्रिप्सको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार ३५८ रुपैयाँमा खरिदबिक्री भए।

चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बन्दिपुर केवलकार, सागर डिस्टिलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ग्रिन डेभलपमेन्ट बैंकको सेयर ८.८९ प्रतिशतले बढ्यो।

भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबारमा आएकामध्ये १६७ स्टक्सको मूल्य बढ्दा ७६ वटाको घट्यो। १३ स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

दुई समूहबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। नन लाइफ इन्स्योरेन्स र अदर्श समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका हुन्।

 

तपाईको प्रतिक्रिया