काठ्माडौं, ३० कार्तिक २०८२ । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कार्कीलाई आइतबार साँझ पक्राउ गरेको हो । ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा उनी पक्राउ गरेका हुन् ।
नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–१, दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रा।लि। को बीचमा लिजमा दिने र लिने करार सम्झौता बदनीयत देखिएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा ट्रस्टका पूर्वसचिव कार्कीको पनि संलग्नता देखिएको भन्दै सीआईबीले पक्राउ गरेको हो ।
कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीले जनाएको छ ।






