Online Bichar
मंगलबार, मंसिर २४, २०८२ | Tuesday, December 9, 2025

काठमाडौं, २४ कार्तिक २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट समानुपातिक उमेदवार बन्न चाहने व्यक्तिले ५० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने भएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले समानुपातिक उमेदवारी शुल्क ५० हजार तोकिएको जानकारी दिए ।

रास्वपाले यही कात्तिक २२ गतेदेखि समानुपातिक उमेदवारका निम्ति आवेदन खुला गरिसकेको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फका उमेदवारको बन्दसूची पेस गर्न आउँदो पुस १८ र १९ गतेको मिति तोकेको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका निम्ति तय छ ।

 

तपाईको प्रतिक्रिया