Online Bichar
आइतबार, मंसिर २२, २०८२ | Sunday, December 7, 2025

विराटनगर, २१ कार्तिक २०८२ । बिहार विधानसभा आमनिर्वाचन–२०२५ लाई लक्षित गर्दै भारतको अररिया जिल्लास्थित भारत–नेपालस्थित जोगबनी सीमा तीन दिन बन्द गर्ने निर्णय गरिएको छ । यसबारे नेपाली प्रशासनसँग समेत सहमति भएको सूचनामा जनाइएको छ ।

अररिया जिल्लाका जिल्लाधिकारी र पुलिस अधिक्षकले संयुक्त रूपमा जारी गरेको आदेशअनुसार मतदानको ७२ घण्टाअघि अर्थात् २०२५ नोभेम्बर ८ बिहान ६ बजेबाट भारत–नेपाल सीमा बन्द हुनेछ ।

सीमा सिल गर्ने निर्णय ११ नोभेम्बर २०२५ (मंगलबार) मा हुने मतदानलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन गरिएको हो । आदेशमा भनिएको छ, ‘आपतकालीन सेवा वा आवश्यक कार्यका लागि मात्र सीमा पार गर्न अनुमति हुनेछ, त्यो पनि सम्बन्धित निकायको उचित जाँचपछि मात्र ।’

सीमा सिल अवधिभर अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी विधानसभा क्षेत्रहरूमा कडा निगरानी राखिने उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनले निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया