Online Bichar
आइतबार, मंसिर २२, २०८२ | Sunday, December 7, 2025

झापा, २१ कार्तिक २०८२ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने, आगजनी गर्ने , प्रहरीलाई कुट्ने चार जनालाई पक्राउ गरिएको हो । आज दिउँसो २ बजे बिर्तामोड ५ त्रिवेणी चोकबाट अर्जुनधारा-६ बस्ने २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको कार्यालय तोडफोड तथा आगजनीमा संलग्न ती दम्पतीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै प्रहरीलाई कुटपिट गर्ने अर्का एक जना पक्राउ परेका छन् । अहिलेसम्म चार जनालाई पक्राउ गरिएको र अन्यको पहिचान गर्ने कार्य भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्नेहरूको भिडियो र फोटोको आधारमा पहिचान गर्ने कार्य भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया